सहमति गरेको वर्षदिन नपुग्दै उखु किसान किन आए सडकमा ?

जसलाई ‘नेपालको सबैभन्दा याेङ्गेस्ट कम्प्याक्ट युटिलिटी भेइकल (सीयुभी) को रूपमा राखिएको छ ।

२९ मंसिर २०७७, सोमबार ०३:४२ मा प्रकाशित
रामकृष्ण र हरिकृष्ण तिरुवा। तस्वीरः अच्युतराज भण्डारी।

सरकारसँग गरेको सहमति अनुसार उखु मिलले भुक्तानी नदिएपछि उखु किसान आन्दोलित भएका छन् । लामो समयसम्म उखुको भुक्तानी नपाएपछि अघिल्लो वर्ष आन्दोलनमा उत्रिएका किसानसँग सरकारले ०७६ पुष १८ गते उद्योगसँग सहजिकरण गरेर भुक्तानी दिने सहमति गरेको थियो ।

सहमतिपत्रको पहिलो बुँदामै ‘नेपाल सरकारबाट निर्धारण भएको उखुको मूल्यबमोजिमको किसानको सम्पूर्ण बक्यौता चिनी उद्योगीले ०७६ माघ ७ गतेभित्र भुक्तानी गरिसक्ने व्यवस्था मिलाउन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आवश्यक समन्वय र सहजीकरण गर्ने’ उल्लेख छ।

तर, वर्ष दिन पुग्दा पनि उद्योगहरुले किसानको रकम भुक्तनी नगरेपछि किसानहरु फेरी एकपटक आन्दोलिन हुन बाध्य भएका छन् । किसानले अझै ८ उद्योगबाट १ अर्ब २० करोड रुपैयाँ भुक्तानी पाउन बाँकी रहेको छ। बक्यौता रकम नपाउँदा किसानको दैनिकी अस्तब्यस्त भएको छ ।

कुन मिलको कती बक्यौता ?

सर्लाहीको अन्नपूर्ण सुगर मिलले २५ करोड, महालक्ष्मीले ६ करोड र बागमती खाँडसारीले ५ करोड तिर्न बाँकी छ। यस्तै, रौतहटको श्रीराम सुगर मिलले ४० करोड, नवलपरासीको लुम्बिनीले २९ करोड र इन्दिराले ११ करोड, महोत्तरीको एभरेष्टले २ करोड र सुनसरीको इस्टर्न सुगर मिलले १ करोड ७५ लाख भुक्तानी गर्न बाँकी छ।

प्रतिक्रिया दिनुहोस्