About us


वैकल्पिक उर्जा नेपालको सन्दर्भमा राष्ट्रिय विद्युत प्रसारण सञ्जाल अर्थात नेसनल ग्रिड नपुगेका वा पुग्न नसक्ने अति दुर्गम, दुर्गम वा सुगम गाउँ बस्तीमा बसोबास गर्ने जनताका लागि आवश्यक उर्जा उपलव्ध हुनसक्ने प्रविधि हुन । पेल्ट्रिक सेट समेतका लघु जलविद्युत प्रविधि, सौर्य फोटो भोल्टैक, सौर्य तापीय, गोबर ग्यास मुख्य प्रविधिको रुपमा चलन चल्तीमा आएका हुन् । नेपाल सरकारले वैकल्पिक उर्जाको विकास र विस्तारको लागि व्यापकता ल्याउने नीति कार्यान्वयनमा ल्याए पश्चात् प्राइभेट पब्लिक पार्टन।शिप नीति अन्तर्गत दुई दशक अगाडीदेखि नै नविकरणीय उर्जा प्रविधिलाई अभियानको रुपमा अगाडी बढाएपछि यस क्षेत्रमा काम गरिरहेका निजी कम्पनी र फर्महरुका साथै गैर नाफामूलक संस्थाहरुले विभिन्न आ–आफ्ना छाता संस्थाहरु समेत निर्माण गरी नवीकरणीय उर्जा क्षेत्रको संस्थागत विकासमा महत्वपूर्ण र प्रभावकारी भूमिका निर्वाह गर्दै आएकाछन् ।

पर्यावरण संरक्षण, लैंगिक समानता र समावेशिताको सिद्धान्तको आधारमा रही ग्रामीण तथा शहरी जनजिवनका लागि आवश्यक उर्जामा सबैको पहुँच पु¥याउनका लागि नविकरणीय उर्जाका श्रोतहरु परिचालन गर्ने, प्रविधिहरु अध्ययन गर्ने, अनुसन्धान गर्ने, विकास गर्ने, प्रवद्र्धन गर्ने, आवश्यकता अनुसार सो संवन्धमा व्यवसायीहरु, प्राविधिकहरु र सर्व साधारणलाई समेत तालिम दिने, र वैकल्पिक उर्जा प्रविधि प्रवद्र्धनका लागि आवश्यक प्रविधि, सामग्री र उपकरण आपूर्ति गर्ने, प्राविधिक सेवा दिने, जडान गर्ने, विक्रीपछि मर्मत सम्भार गर्ने, आदी व्यवसायमा संलग्न निजी क्षेत्रका कम्पनी वा फर्महरुको छाता संगठनहरु, गैरसरकारी संस्थाहरु र लव्ध प्रतिष्ठित प्राविधिकहरु, व्यवसायीहरु र उद्यमीहरुलाई एकै छातामुनि गोलबन्द भै अध्ययन, अनुसन्धान, सभा, सम्मेलन, कार्यशाला, गोष्ठी, अन्तत्र्रिmया जस्ता कार्यक्रमहरु सञ्चालन गरी व्यवसायिक हक हीत रक्षा गर्न एउटा सिंगो संगठनको रुपमा काम गर्न स्वदेशी तथा विदेशी संघ, संस्था, व्यक्तिहरुसँग परामर्श तथा सहयोग लिई दिई सहकार्यसमेत गर्न नेपाल नविकरणीय उर्जा परिसंघ स्थापना गरिएको हो ।

तिनै उद्देश्यका साथ सबै खालका छाता संगठनहरु यसअघि नविकरणीय उर्जा समन्वय समितिका नामले नविकरणीय उर्जा प्रविधि प्रवद्र्धनका लागि विभिन्न सरकारी, गैरसरकारी र दातृ निकायहरुका साथ समन्वयात्मक भूमिका निर्वाह गर्दै आएको थियो । लगभग पाँच वर्षको सक्रियता पश्चात् परिवर्तित परिप्रेक्ष्यमा समयसापेक्ष रुपमा सघन रुपले क्रियाशील हुन र नविकरणीय उर्जा प्रविधि सबैका लागि उपलव्ध तुल्याई कृषि, सिँचाई, खानेपानी, स्वास्थ्य, शिक्षा, सञ्चार, साना तथा घरेलु उद्योग तथा यातायात जस्ता आर्थिक सामाजिक उत्थानका महत्वपूर्ण पक्षलाई पनि सवल तुल्याउन नविकरणीय उर्जा परिसंघ सचेतना, उत्प्रेरणा र समन्वयका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

नेपाल सरकारबाट नविकरणीय उर्जा प्रवद्र्धन गर्न प्राविधक तथा आर्थिक सहयोग उपलव्ध गर्न दुई दशक अघि स्थापना गरेको वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रसँग नेपाल नविकरणीय उर्जा परिसंघ समन्वायात्मक सहकार्य गर्दै आएको छ । यसैगरी महिला तथा गरिब र पिछडिएका वर्गका लागि उर्जामा पहुँच जोड दिँदै नेडरल्याण्डस्को हिभोक भन्ने संस्था र इन्र्जीयाले हरित तथा समावेशी उर्जा कार्यक्रम नेपालमा सेन्टर फर रुरल टेकनोलोजी नेपालसँग सहकार्य गर्दै कार्यक्रम सञ्चालन गरिरहेको छ र नेपाल नविकरणीय उर्जा परिसंघ सो कार्यक्रमको एक साझेदार पक्षको रुपमा क्रियाशील छ ।

यस संस्थाले चालु आर्थिक वर्षका लागि नेपाल सरकारको बजेटमा के कस्तो व्यवस्था भएको छ र उच्चतम उपलव्धिका लागि सरोकारवाला निकायहरुको भूमिका र सक्रियताको लागि विज्ञहरु र व्यवसायीहरुको सहभागितामा संवाद कार्यक्रम सञ्चालन गरेको छ । मुलुक संघीय स्वरुपमा अघि बढिसकेको सन्दर्भमा केन्द्रीय, प्रादेशिक र स्थानीय निकायहरुबाट नविकरणीय उर्जा प्रविधि प्रवद्र्धन गर्दै सबैको लाभिको लागि के कस्तो नीति र विधि अवलंवन गर्नु उपयुक्त हुन्छ भन्ने सन्वन्धमा पनि विज्ञहरु र व्यवसायीहरुको उपस्थितिमा संवाद कार्यक्रम सञ्चालन गरेको छ । नविकरणीय उर्जा प्रविधिबाट कृषि क्षेत्रमा उपयुक्त उपलव्धि हासिल गर्न सकिने गरी प्रविधि र उपकरण सुलभ तुल्याउनका लागि पनि विज्ञहरु र व्यवसायीहरुको उपस्थितिमा संवाद कार्यक्रम सञ्चालन गरेको छ ।

नविकरणीय उर्जा प्रविधि उपयोग गर्ने लक्ष्यित वर्गले प्रविधि र उपकरण प्राप्त गर्नका लागि अनुदान सहयोग र ऋणको उत्कृष्टतम व्यवस्थापन गर्न बैंकिङ्ग क्षेत्रका लगानीकर्ताहरुका साथ पनि संवाद कार्यक्रम सञ्चालन गरेको छ । शहरी क्षेत्रमा उत्पादन हुने फोहर सबैको लागि समस्या भएको तर त्यसबाट ग्यास तथा बिजुली उत्पादन गर्न सकिने प्रविधि प्रयोगमा ल्याउनु उपयुक्त हुने साथै कृषि उत्पादनबाट निस्किने फाल्ने–मिल्काइने गरिएका वस्तुहरुबाट र वन जंगलबाट उत्पादनबाट निस्किने फाल्ने–मिल्काइने वस्तुहरबाट वस्तुहरुबाट उर्जा उत्पादन गर्ने प्रविधि प्रयोगमा ल्याउनका लागि नेपाल नविकरणीय उर्जा परिसंघले विज्ञहरु र व्यवसायीहरुको सहभागितामा संवाद कार्यक्रम गर्दै आएको छ ।

खानेपानी र सिँचाईको लागि बर्सातको पानी सञ्चय गर्ने प्रविधि शहरी एवं ग्रामीण क्षेत्रका जनता उपयुक्त हुने बारे पनि परिसंघले विज्ञहरु र व्यवसायीहरुको सहभागितामा संवाद कार्यक्रम गर्दै आएको छ । ती कार्यक्रमहरुबाट प्राप्त परामर्श र निष्कर्षहरुहरु संवन्धित निकायलाई उपलव्ध गराई आवश्यक नीति निर्माण र कार्यक्रम सञ्चालन गर्नका लागि समन्वय गर्नका लागि परिसंघले आवश्यक तयारी गरिरहेको छ भने आगामी दिनमा अझ सशक्त कार्यक्रमहरु सञ्चालन गर्दै नविकरणीय उर्जा प्रविधि उपलव्ध गराउँदै सबैका लागि दिगो उर्जा ९क्गकतबतष्लबदभि भ्लभचनथ ायच ब्िि०, सदिगो विकास लक्ष्य, हरेक घुधुरीमा धुँवारहित चूल्हो जस्ता कार्यक्रमहरु सफलताका लागि विभिन्न कार्यक्रम सञ्चालनको लागि तयारी गरिरहेको छ ।

नेपाल बायोग्यास प्रवद्र्धन संघ, नेपाल ग्रामीण प्रविधि प्रवद्र्धन संघ, नेपाल लघु जलविद्युत विकास संघ, नेपाल सौर्य विद्युत उत्पादक संघ, नेपाल सौर्य तापीय उर्जा संघ, नेपाल जल तथा उर्जा परार्मदाता संघ र फोरम अफ रिन्युवाबल इनर्जी एसोसियसनस् नेपाल नविकरणीय उर्जा परिसंघमा आवद्ध रहेका छन् । त्यसैगरी समान उद्देश्यका छाता संस्थाको रुपमा रहेका संघ संस्थाहरु परिसंघमा आवद्ध हुनसक्ने प्रावधान रहेको छ ।