एनआरएन कोरियाको पहलमा संकलित रकम बाट खरिद स्वास्थ्य सामाग्री नेपाल पुग्यो

युबराज थापा
20 Jan 2021
Austria on the way to one million solar rooftops

दक्षिण कोरियाबाट उद्दार उडान र राहत सामाग्रीसहित कोरियन एयर काठमाडौँमा अवतरण गरेको छ । एक सय बाह्र यात्रुसहित कोरोनाको राहत सामाग्री लिएर जुन चार तारिक कोरियन एयरको बिमान काठमाडौँ मा अवतरण गरेको हो । उक्त सामान नेपाल पठाउन सिओलस्थित नेपाली राजदुताबासले बिशेष समन्वयकारी भूमिका खेलेको थियो ।

उक्त बिमानमा एनआरएनए कोरियाको बिसेष पहतमा कोरियामा रहेका बिभिन्न संघ सँस्था र नेपालीहरुबाट संकललित रकम मध्ये ५० लाख वोन बरावरको राहत सामाग्री एक लाख मास्क,तिन सय पिपिई सेट, दुई सय चालिस बोतल सेनिटाईजर,पाच सय थान अक्सिमिटर र बिभिन्न औषधि पनि नेपाल पठाईएको महासचिव बिमल सुबेदीले बताए l उक्त सामानहरु केएमई ट्राभल्सको बिशेष पहलमा कोरियन एयरले निशुल्क रुपमा नेपाल पुर्याइदिएको हो ।

नेपालमा कोरोनाको महामारीले दुख परेको बेलामा आफ्नो सानो सहयोगले पनि अहिलेको विषम परिस्थितिमा केहि सहयोग हुन्छ भन्ने मनसायले सहयोग गरेको एनआरएनए अभियन्ता बिनोद कुँवरले बताए । कुँवरले आफुले पठाएको सामान कोरोना महामारीले समस्यामा परेका नेपालीहरुलाई वितरण गरिने बताए

त्यसैगरी संकलित बाकि रकम (सुदुर पश्चिम समाजको) समेत गरेर १७ लाख १५ हजार नेपाली रुपिया बरावरको अक्सिजन कन्ट्रयाक्टटर (१७ थान एनआरएन कोरियाको तर्फदेखी) गैह्र आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदको समन्वयमा छिमेकी राष्ट्र चिन देखि नेपाल वायु सेवा निगमको बिमान मार्फत आज नेपाल पुगेको महासचिब सुबेदीले बताए l

स्मरण रहोस नेपालमा पहिलो लहरको कोरोना भाइरस प्रकोप फैलिदा पनि एनआरएन कोरियाको अगुवाइमा यहाँ रहेका बिभिन्न संघ संस्था तथा नेपालीहरुबाट सहयोग संकलन गरि ठुलो परिमाणमा कोरोना चेक अप किट लगाएत अन्य स्वास्थ्य सामाग्रीहरु नेपाल पठाएको थियो

कोरिया स्थित नेपाली दुतावासले एक बिज्ञप्ति मार्फत नेपालको कोरोना विरुद्वको लडाइमा एक्यवद्वता प्रदर्शन गर्नुहुने सम्पूर्ण कोरियावासी नेपालीलाइ हार्दिक धन्यवाद ब्याक्त गरेको छ